काठमाडौंँ,जेठ १६-
नेपालमा आज(शुक्रबार) १७० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिने संक्रमितहरूमा झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १(पाटन अस्पतालमा कार्यरत), म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपरासी २, रौतहट ५६, सर्लाही ४, रूपन्देही १, दाङ २ का रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक हजार २ सय १२ पुगेको छ।
पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन्।
नेपालमा कोरोनाका कारण हाल सम्म ६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: