गणतन्त्र दिवसको अवसरमा पोखरा ६ स्थित काँग्रेस टोल समिती ईकाई ४ द्वारा दिप प्रज्वलन

0
265

रिजोन बस्ताकोटि

पोखरा,जेठ १५ –

नेपाली कांग्रेस वडा नम्बर ६ ईकाई ४ टोल समिती द्वारा गणतन्त्र दिवसको अबसर पारी आज (बिहिबार)साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।१३औँ गणतन्त्र दिवसको अवसरमा टोलमा अवस्थित समितिका सदस्यहरु द्वारा सो कार्यक्रम गरिएको हो।पोखरा ६ तालबाराही स्कुलनजिक गरिएको सो कार्यक्रममा समितिका सदस्यहरुको सहभागिता रहेको थियो।

बिपि प्रतिष्ठान नगर समिती कास्कीकि सभापती प्रभा पौडेल सुबेदिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कास्कीका पुर्व सभापती नेत्रपाणि न्यौपाने ,नेपाली काँग्रेसका अग्रज नेता एवं पुर्ब वडा अध्यक्ष होम बहादुर लामिछने , कार्य समिती सह संयोजक पार्बती बोगटि, वार्ड नंबर ६ ने. बि संघ ईकाई सभापती बिष्णु पहारी , कार्यक्रम सह- संयोजक गिता पहारी ,सदस्य शिव आमा लगाएतको उपस्थिती रहेको थियो ।

संस्थाको तर्फ बाट बोल्दै समाजसेवी महिला प्रभा पौडेल सुबेदिले गणतन्त्र ल्याउनमा ज्यानको आहुती दिएका सहिदको सम्झनामा आफुहरुले दिप प्रज्वलन गरेको बताईन । उनले देशको सिमामा भएको अतिक्रमणको बिबादलाई चाडोभन्दा चाडो निकास निकाली राष्ट्रिय सार्वभौमको रक्षा होस भनी नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरेको समेत बताईन।

कार्यक्रममा बिश्वभर फैलिएको कोरोना महामारीबाट दिबङ्गत भएका आत्माहरु प्रती चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका पोखरा वडा नम्बर ६ का अध्यक्ष एब प्रमुख अतिथी जगत बहादुर पहारिले गणतन्त्र दिवसको शुभकामना दिदै पुर्बमा टिस्टा र पश्चिममा काँगडा सम्मको विशाल नेपालको भुमिलाई दलाल एबम भ्रस्ट ब्यक्तिहरुको जंजालले आज साँघुरो अवस्थामा पुगेकोमा दुख ब्यक्त गरेका थिए। पहारिले नेपाली भुमी भारतले अतिक्रमण गरेकोमा दुख व्यक्त गरेका थिए ।

वडा ईकाई समितिका सभापती बलराम गिरिले देशको सिमासुरक्षा बिबादको मामिलामा द्विपक्षीय बार्ता एब सहमतिका लागि सरकार पछि हटेको र बिपक्षी प्रती लक्षित गरि दोषारोपण गरेकोमा आपत्ती प्रकट गरे। कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक शिला अधिकारीले राखेकी थिईन ।

कार्यक्रम ने. बि संघ कास्कीका बिधार्थी नेता एब टोल समितिका सचिब बिपिन पौडेलले संचालन गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here