पहिलोपटक सोलुखुम्बुमा कोरोना संक्रमण देखियो

0
154

काठमाडौंँ,जेठ १५-

सोलुखुम्बुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपलिका ८ निवासी २८ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको हो।

स्वाब परीक्षण गर्न काठमाडौं पठाइएकोमा युवकमा संक्रमण पुष्टि भएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए।

उनका अनुसार संक्रमण पुष्टि भएपछि युवकलाई कोशी अस्पताल विराटनगर पठाइएको छ।

मेयेर शेर्पाले संक्रमित युवक छारे रोगी पनि रहेको बताए।

हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here