काठमाडौंँ,जेठ १४-
कोरोना भाईरसका कारण ललितपुरका एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुर स्थित भैंसेपाटीका स्थायी वासिन्दा रहेका छन । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए ।
हाल मृतककाे शव अस्पतालमै रहेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: