नयाँ थप ३६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५८४ पुग्यो

0
100

काठमाडौंँ,जेठ १०-

नेपालमा आज शनिबार अपरान्ह थप ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना देखिएको छ। उनीहरू अस्पतालमै थिए। यसअघि उनीहरूमा आरडिटी पोजेटिभ देखिएको थियो। अस्पतालको आइसोलेसनमै रहेका उनीहरूलाई पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए।

उनीहरू २० वर्षका दुई जना, २२ वर्षका एक जना र २७ वर्षका एक जना छन्। उनीहरू सबै पुरूष हुन्।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका एक जना ३३ वर्षका पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको नमूना परिक्षणमा नरैनापुर मदरसा बाँकेका १७ देखि ३२ वर्ष उमेरका पुरूषहरू ६ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नरैनापुर ३ बाँकेका राष्ट्रिय प्रावि गेललीमा गरिएको नमूना संकलनमा १५ जनामा पोजेटिभ देखिएको छ। उनीहरू १६ देखि ३२ वर्षका पुरूष छन्।

नरैनापुर १ बाँकेकै राष्ट्रिय प्रावि महातनियामा गरिएको नमूना संकलनमा ६ जनामा पोजेटिभ देखिएको छ। उनीहरू २२ देखि ५० वर्ष उमेरका पुरूष हुन्।

बर्दिया बढैयाताल ७ का एक १९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here