चितवनका १ सहित थप ३२ जनामा कोरोना संक्रमण देखियो,५४८ पुग्यो संक्रमितको संख्या(प्रेस बिज्ञप्ति सहित)

0
272

काठमाडौंँ,जेठ १०-

नेपालमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

संक्रमित हुनेहरुमा दुई जना महिला र ३० जना पुरूष रहेका छन्।

संक्रमितमध्ये १ जना भरतपुर महानगरपालिका ६ का बासिन्दा हुन। त्यस्तै ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन्।

यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष भएको खुलेको छ।

मन्त्रालयका अनुसार प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन्।

संक्रमितहरूको उमेर १७ देखि ५५ वर्ष रहेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here