थप २० जनामा कोरोना भाईरस संक्रमणको पुष्टि,५०७ पुग्यो संक्रमितको संख्या

0
114

काठमाडौंँ,जेठ ९-

नेपालमा थप २० जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार)गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको बताएको हो।

मन्त्रालयका  प्रवक्ता विकास देवकोटाका  अनुसार कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।

संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कन्ट्याक्ट ट्रेसिङको काम तत्काल शुरु  हुने मन्त्रालयले जनाएको छ।

आज बिहानै ३० जना संक्रमित थपिएका थिए।

यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ।

त्यसमध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here