चितवनका २ सहित थप ३० जनामा कोरोना संक्रमणको पुष्टि ,संक्रमितको संख्या ४८७ पुग्यो(प्रेस बिज्ञप्ति सहित)

0
155

काठमाडौंँ,जेठ ९-

आज(शुक्रबार)बिहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

तीमध्ये २ जना संक्रमित चितवनको रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्।

चितवनको भरतपुर महानगरपालिका-६ ,केशरबागका  ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

बाँकी संक्रमितहरूमध्ये सर्लाहीका १५ ,कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्।

उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here