चितवन र नवलपुर गरि थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

0
221

चितवन, जेठ ९–

चितवनमा आज (शुक्रबार) थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ गीतानगर निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आज नै नवलपुरको चोरमारा निवासी एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले बताएको  छ ।

संक्रमितहरु मध्ये चितवनका एक जना ७४ वर्षीय पुरुष र अर्का ७३ वर्षीया महिला रहेका छन् । यस्तै चोरमाराका संक्रमित ४५ वर्षीय पुरुष हुन् ।

यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।

चितवनका संक्रमित मध्ये यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here