नारायणी नदि किनारको वाकिङ्ग ट्रयाक निर्माण कार्य तत्काल रोक्न वडाको माग(बिज्ञप्ति सहित)

0
84

चितवन, जेठ ८– 

नारायणी नदीको किनारमा बनाउन लागिएको सि बिच को काम प्रारम्भमानै विवादमा परेको छ । महानगरपालिकाले एकलौटी रुपमा कसै संग परामर्श समेत नगरी ठेक्का दिएपछि सो कार्य विवादमा परेको हो । सो सि विच निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नम्बर १ ले आफुहरुलाइ सो बारेमा केही जानकारी नभएको भन्दै निर्माण कार्य तत्काल रोक्न माग गरेको छ । कुल ९७ लाख रुपैया लागतमा सि विच अन्तरगत अहिले वाकिङ्ग ट्रयाक बनाउन शुरु गरिएपछि सो बिषय विवादित बनेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष यमबहादुर बाचे मगरले महानगरपालिका कार्यालयलाई पत्र लेखेर वडासँगको समन्वय बिना गरिएको कार्य तल्काल रोक्न माग गरेका छन् । सो वाकिङ्ग ट्रयाक निर्माणमा महानगरले ७७ लाख र उद्योग वाणिज्य संघ चितवनले २० लाख रुपैया लगानी गर्देछन् ।

कुल ४ सय २५ मिटरको ट्रयाक निर्माण गर्नका लािग उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको छ । सो काम गर्न विना कुनै टेण्डर एक व्यक्तीलाई जिम्मा दिए पछि यसले अर्कै मोड लिएको हो । तर अध्यक्ष प्रधानले भने एक करोड रुपैयाँ भन्दा तलको योजनाका लागि टेण्डर आवश्यक नपर्ने भएकाले समितिले काम अघि बढाएको बताए । उनले भने,“ हामीले तीनवटा कोटेशन मागेर काम गरेका छौं , पारदर्शी बनाउन लागि परेका छौं ।”

संघका पुर्व अध्यक्ष उत्तमलाल चुके सबै प्रक्रिया मिचेर गरिएको कामले विवाद निम्तने भन्दै त्यस्तो काम गर्न नहुने तर्क गर्छन् । उनले भने,“मापदण्ड, प्रकृया सबै मिचेर बनाइएको योजना पक्कैे पनि राम्रो हुँदैन । प्रक्रिया पुरा गर्न आवश्यक छ ।” चु्केले महानगरको सबै आफैले भनेको जस्तो हुनुपर्छ भन्ने सोच राखेकाले समस्या भएको बताए । उनले भने,“काम गलत हुँदैछ की भन्ने आशंका छ , यसमा सबैको ध्यान जाओस् । ”

नारायणगढका एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा त्यहाँ ठुलो अनियमितता हुन लागेको बताए । उनले भने,“अहिले प्रति बर्ग फिट ७ सय रुपैया पर्न आउँछ , हामीले १ सय ३० रुपैया प्रति वर्ग फिटमा काम गछौं भन्दा समेत दिईएन ।” उनले सार्वजनकि योजनालाइ खल्तीबाट बाढ्ने काम भएकाले समस्या भएको बताए । यसमा स्थानीयवासीहरुले समेत चर्को बिरोध गरेका छन् । एक स्थानीयले भने,“ विना टेण्डर जथाभावी काम दिनु गलत हो , त्यहाँ केहि न केहि त छ । वडालाइ समेत थाहा नहुनु आश्चर्य हो ।”

उपभोक्ता समितिका अध्यक्ष एवं संघका निवर्तमान अध्यक्ष प्रधानले वडा संग समन्नवय नगर्दा त्रुटी भएको बताए । उनले भने,“केहि त्रुटी त भएको छ , तर पनि हामी पारदर्शी तवरले काम गरिरहेका छौं ।” वडा संगको समन्वयमा काम अघि बढ्ने उनले बताए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले पनि प्रक्रिया सबै पुरा गरेर काम अघि बढेको बताए । उनले भने,“राम्रो योजनामा काम भईरहेको छ, एक करोड भन्दा तल उपभोक्ता समिति मार्फत नै काम हुन्छ । यो ऐनमा उल्लेख छ ।” उनले बाहिर हल्ला गरिएजस्तो केहि पनि अनियमितता नभएको दावी गरे ।

संघका पुर्व अध्यक्ष राजन गौतमले संघ भित्र छलफल गराएर अघि बढ्दा राम्रो हुने बताउँछन् । उनले भने,“बजेट बढाएर अझै पारदर्शी ढङ्गले अघि बढेको भए झन् उत्तम हुन्थ्यो , विवाद हुनु राम्रो होईन, संघले नै अग्रसरता लिएपछि विवाद आउँदा राम्रो हुँदैन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here