१० हजार धरौटीमा छुटे स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की

0
146

काठमाडौं,जेठ ८-

बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि नागढुंगामा दुर्व्यवहार गर्ने उत्तम कार्की १० हजार धरौटी बुझाएर छुटेका छन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार आज (बिहीबार) कार्कीले जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाएर छुटेका हुन ।

उत्तम कार्कीले गत शुक्रबार नागढुंगामा काठमाडौं प्रवेश गर्न खोजेका निर्देशक कार्कीमाथि दुर्व्यवहार गरेका थिए।

उनी आफैंले गरेको फेसबुक लाइभ भाइरल बनेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। त्यसपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो।

प्रशासन कार्यालयले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here