बिहीबार साँझ थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

0
101

काठमाडौं, जेठ ८–

आज (बिहीबार) साँझ बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका नरैनापुर–३ निवासी ३२ वर्षीय पुरुष ,खजुरा–३ निवासी ४३ वर्षीया महिला र कपिलवस्तु सुद्धोन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ पुगेको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here