काठमाडौँ, जेठ ८–
नेपालमा आज (बिहीबार) थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्।
संक्रमित हुनेहरू मध्ये रुपन्देहीको १ र झापाका ८ जना पुरूष रहेका छन ।
मन्त्रालयका अनुसार उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्।
प्रकाशित मिति: