बिहिवार थप १७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ४४४ पुग्यो

0
180

काठमाडौंँ,जेठ ८-

बिहिवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरु मध्य १५ जना झापाको कचनाकवलका रहेका छन भने बांकी २ जना धनकुटा र सुनसरीका हुन।

यो सँगै नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन्। संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् ।

यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन्।

संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन्।

उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here