जेठ मसान्तसम्म हवाइ उडान तथा सीमा नाका बन्द गर्ने सरकारको निर्णय

0
103

काठमाडौं, जेठ ७–

सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here