नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, ४३४ पुग्यो संक्रमितको संख्या

0
605

काठमाडौं, जेठ ७–

नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (बुधवार) प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन्।

हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्