रत्ननगरमा श्रीमानद्वारा श्रीमतीमाथी खुकुरी प्रहार, श्रीमती गम्भीर घाइते

0
561
चितवन,जेठ ६-
आज(मंगलबार)साँझ पूर्वि चितवनको रत्ननगर-१५ स्थित माधवपुरमा श्रीमानद्वारा श्रीमति माथी खुकुरी प्रहार भएको छ।
दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी छिन।
घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने श्रीमान पुर्ण प्रसादलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टांँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले जानकारी दिनु भयो ।
घट्ना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here