ललितपुरमा पहिलो पटक भेटीए कोरोना संक्रमित,संक्रमितको संख्या ४०२ पुग्यो

0
791

काठमाडौंँ,बैशाख ६-

आज(मंगलबार)थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन। मन्त्रालयका प्रवक्ता बिकास देवकोटाका अनुसार ललितपुरमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो।

त्यस्तै,आज नै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्