चितवन ईङ्लिस आवासीय विद्यालयको खेलकुद कार्यक्रम आज देखी सुरु

February 8, 2024
Chitwan Engineering School sports program
Chitwan Engineering School sports program

भरतपुर , माघ २२- चितवन ईङ्लिस आवासीय माध्यमिक विद्यालयको ३९ औँ खेलकुद कार्यक्रम सुरु भएको छ । कार्यक्रम भरतपुर वडा नं.२ का वडाध्यक्ष मनोज रानाभाटले उद्धाटन गरेका थिए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गायत्री श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख अतिथिमा वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाट रहेका थिए ।

विशिष्ट अतिथिका रुपमा संस्थापक प्रिन्सिपल केशवकुमार श्रेष्ठ तथा शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुलाल श्रेष्ठ रहेका थिए । अतिरिक्त कार्यक्रम संयोजक विनोद कोइरीले स्वागत मन्तव्यका साथै खेलकुद कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए ।

विद्यालयका संस्थापक प्राचार्य केशवकुमार श्रेष्ठले खेलकुद दिवसको औचित्य पुष्टि गर्दै विद्यालयले खेलकुद विकासमा पूर्वाधार दिएको र विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी बन्न सकुन् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।

प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाटले चितवन बोर्डिङ· संस्थागत स्कूलहरुमा अव्वल रहेको र खेलकुदमा पनि अव्वल बनोस् भन्ने शुभभाव व्यक्त गरेका थिए।

खेलकुद कार्यक्रमको शुभारम्भ १०० मि. छात्र÷छात्रा दौडबाट सुरु भएको सो कार्यक्रम माघ २२, २३, २४ गते सम्म निरन्तर सञ्चालन हुुनेछ ।

कार्यक्रममा फुटबल, ब्याडमिन्टन, म्याराथुन दौड, रिले दौड, बास्केट बल आदि अन्य खेलहरु खेलाइने छ र विजयी सबैलाई पुरस्कार समेत वितरण गरिने विद्यालयले जनाएको छ ।