सरकारद्वारा लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक

0
129

काठमाडौं, जेठ ५–

सरकारले आज (सोमबार)लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको हो ।

बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्।

बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्।

जारी गरेको नक्सामा समेटिएको भूभाग भारतले मिचेको छ । केहीदिन पहिले भारतले नेपालकै भुमिमा बाटो निर्माण गरेर समेत उद्घाटन गरेको छ । भारतको त्यस कार्यप्रति नेपालमा चौतर्फी बिरोध भइरहेको छ ।

सरकारले जेठ २ गतेको नीति तथा कार्यक्रममा अतिक्रमित भूभाग समेटेर नक्सा जारी गर्ने घोषणा गरेको हो ।

सरकारले गत जेठ २ गते पेश गरेको नीति तथा कार्यक्रममा पनि  भारतले अतिक्रमण गरेको लिपुलेक,लिम्पियाधुरा,कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here