काठमाडौं, जेठ ५–
नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालका ७७ जिल्ला मध्ये ३१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।
यसका साथै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।
संक्रमितहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रसिङ गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
आज बाँकेमा मात्र ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ।
कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।
प्रकाशित मिति: