अमेरिकन आईडलको उपविजेता बने दिवेश पोखरेल (अर्थर गन)

0
334

काठमाडौं,जेठ ५-

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता  बन्न सफल भएका छन् ।

आइतबार राति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका हुन् ।अमेरिकन आईडलको उपाधि जस्ट साम नामकी युवतीले जितेकी छन् ।

सम्भवतः सबैभन्दा ठूलो रियालिटी शो नेपालीले जितेको यो नै पहिलो उपाधि हो।

अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन। दिवेश सन २०१४ देखि अमेरिकामा बस्दै आएका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here