काठमाडौं,बैशाख ५-
नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।
न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भए लगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।भोटिङ दुई घन्टासम्म खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।
भोटिङका लागी टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ ।
दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।
दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड सुरु भइसकेको छ। यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।
यतिबेला दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ ।
प्रकाशित मिति: