विदेशबाट स्वदेश फर्कन चाहनेका लागी प्याकेजमा फर्काउने सरकारको तयारी

0
154

काठमाडौं, जेठ ४–

सरकारले विदेशबाट स्वदेश फर्किन चाहनेका लागी प्याकेजमा फर्काउने सरकारको तयारी गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट कसरी फर्काउने भन्नेबारे थप छलफल गरेर निर्णय लिने बताए ।

एक मन्त्रीका अनुसार, सम्भवत: प्रधानमन्त्रीले भोली या बुधबार सम्बोधन गर्नुहुन्छ। त्यही सम्बोधनमा यसबारे भएका निर्णयहरू जानकारी गराउनुहुन्छ।’

यसअघि उच्चस्तरीय समन्वय समितिको बैठकले भारत लगायत तेश्रो मुलुकमा रहेका नेपालीलाई फर्काउने प्रस्ताव गरेको थियो। समितिले कुनै मोडालिटी बनाएर प्याकेजमा फर्काउनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेको थियो।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई भावनामा बहकिएर फर्काउन नसकिने बताउँदै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here