कोरोनाका कारण मृत्यु भएकी महिलाको शव बोक्न कसैले मानेनन, तयार बनेको थियो नेपाल स्काउट

0
336

काठमाडौंँ,जेठ ४-

हिजो(शनिबार) नेपालमा पहिलो पटक कोरोनाको कारण मानिसको मृत्यु भएको थियो। ।मृत्युु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे निवासी २९ वर्षिया सुत्केरी महिला रहेकी छिन।उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

तर,आश्चर्यको कुरा यस खबरको पुष्टि नहुँदै दिउसैदेखि विभिन्न संचारमाध्ययम र सामाजिक संजालहरुमा ती महिलाको कोरोनाकै कारण मृत्यु भएको आशंका सहितका समाचारहरु आइसकेका थिए ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि भने अबेर मात्र गरेको थियो ।

मन्त्रालयले पुष्टि त गर्यो तर ती महिलाको शव लिन धुलिखेल अस्पतालको एम्बुलेन्सले मानेन । संक्रमण फैलने डरले अरु कुनै पनि एम्बुलेन्सले शव बोक्न नमाने पछि भक्तपूर अस्पतालको विपत व्यवस्थापन विभागले विशेष प्रकारको एम्बुलेन्स धुलिखेल पठाउने निर्णय गर्यो । तर महिलाको शव छुने आँट गर्न कोहि तयार भएनन् । यहि अवस्थामा नेपाल स्काउट भक्तपूरका तालिम प्राप्त २ यूवाहरु एम्बुलेन्समा जान तयार भए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेल अस्पतालबाट ती महिलाको शव पशुपति आर्यघाटसम्म पुर्‍याउने काम गरेका हुन् ।

कसैले शव बोक्न नमानेपछि नेपाल स्काउटका स्काउटरहरुले यसको नेतृत्व गरेर पशुपतिको विद्युतिय शवदाह गृहसम्म शव पुर्याएको र जलाइसकेपछि उनीहरु फर्किएका थिए । हाल ती २ यूवाहरु भक्तपूरको सूर्यविनायक स्थित सैनिक परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नेपाल स्काउट जिल्ला भक्तपूरका आयुक्त रामगोपाल कर्माचार्यले  बताए।आपत विपत र मानवीय संवेदनशील घडीमा कुनै शव बाहानले शव बोक्न नमानेको खबर आएपछि स्काउटले ती यूवाहरुलाई धुलिखेल अस्पताल पठाएको र यो साहसीक काम गर्न सफल भएको पनि कर्माचार्यले बताए।

विगतदेखि नै यस्तो आपत विपत लगायत अन्य सामाजिक काममा सक्रिय नेपाल स्काउटले आगामी दिनमा पनि यस्ता कामहरु गरिरहने पनि उनले बताए । यतिबेला नेपाल स्काउटको यो साहसिक कामको सबैले प्रशंसा गरेका छन् ।हालसम्म २९१ जना संक्रमित भएका छन् भने ३६ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here