एकाबिहानै थपिए १० कोरोना संक्रमित , संक्रमित संख्या २ सय ९१ पुग्यो(प्रेस बिज्ञप्ति सहित)

0
264

काठमाडौंँ,जेठ ४-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आईतवार)बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ।

संक्रमित हुने दशै जना पुरुष रहेका छन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ७ जना रौतहट राजपुर नगरपालिका फरउदवा-९ का हुन्। उनीहरूमध्ये दुई जना संक्रमित ३९ वर्षका छन् भने बाँकी ५ जनाको उमेर १८, ३२, ३६,४२ र ४८ वर्ष रहेको छ।

यसैगरी अन्य तीन संक्रमित रौतहट इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का हुन्। उनीहरूको उमेर २८, ३० र ३३ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको बताएको छ।

हिजो शनिबार मात्रै नेपालमा कोरोनाबाट पहिलोपटक २९ वर्षीया गर्भवती महिलाको मृत्यु भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here