कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै फेरि २ हप्ता लकडाउन थप्ने भारत सरकारको तयारी

0
174

नयाँ दिल्ली,जेठ ४-

भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन्।

भारतीय सञ्चारमाध्यमहरूले बताए अनुसार शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच कोभिड-१९ को सङ्क्रमण वृद्धिदर र यसको रोकथाम बारे  करिब चार घण्टा लामो छलफल भएको छ।

बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन।तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आँफैले सार्वजनिक गर्नुहुनेछ।’

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्।

पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसेकम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here