धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सुरक्षा निकायको रोहबरमा दाहसंस्कार गर्ने तयारी

0
139

काठमाडौं, जेठ ३–

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक सुत्केरी महिलाको सुरक्षा निकायको रोहबरमा दाहसंस्कार गरिने भएको छ । पहिलो परीक्षणमा कोरोना संक्रमण देखिएपछि ती महिलाको कार्यविधि अनुसार सुरक्षा निकायको रोहबरमा दाह संस्कार गर्न लागिएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको कसरी दाह संस्कार गर्ने भन्ने बारे बनेको कार्यविधिमा कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था उल्लेख छ । सोही अनुरुप ती महिलाको सुरक्षा निकायको रोहबरमा दाह संस्कार गर्ने तयारी थालिएको हो ।ती महिलाको पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा दाह संस्कार गर्ने तयारी छ । ती धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भने गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here