काठमाडौं ,बैशाख ३-
नेपालमा आज (शनिवार )साँझ थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
यो संगै संक्रमितको संख्या २७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
हालसम्म २२४ पुरुष संक्रमित छन् भने ५४ जना महिला रहेका छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३२० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।