काठमाडौं, जेठ ३–
आज (शनिबार) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय, पर्साको वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सर्लाही, रामनगर–४ निवासी १८ वर्षीया युवती र चितवन गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।