थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

0
181

काठमाडौं जेठ २–

आज (शुक्रबार) साँझ काठमाडौं सहित चार जिल्लामा थप नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार वीरगञ्जमा चार जना, उदयपुरमा एक जना, दाङमा तीन जना र काठमाडौंमा एक जना गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

योसंगै संक्रमितको संख्या २६७ पुगेको छ ।

शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here