सिजि लफडा : मजदुर भन्छन् मापदण्ड पुगेन , व्यवस्थापन भन्छ पुगेकै छ , मापदण्ड नपुगे बन्द गर्न प्रशासनको सुझाव

0
123

देबचुली(दुम्कौली), जेठ २-

सरकारले तोकेको मापदण्ड विपरित काममा लगाएको भन्दै नवलपुरको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक शुक्रबार बिहान देखि आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकिएको मापदण्ड पुरा गरि उद्योग संचालन गर्न अनुमत िदिएपनि उद्योगले सरकारले तोकेको मापदण्ड पुरा नगरि जोखिम बढाएको उनिहरुको आरोप छ ।

यस अघि २ सय ५५ मजदुरहरुलाइ काममा लगाउने गरि उद्योग संचालन शुरु गरेपनि त्याहा अहिले ६ सय भन्दा बढी मजदुर कार्यरत रहेको भन्दै स्थानीय र मजदुरले बिरोध जनाएका हुन् । जिल्ला प्रशाशन कार्यालय नवलपुर र देबचुली नगरपालिकाले सो बिषको अनुगमन गर्ने भनेपनि अनुगमन नगरि उद्योग संचालन गर्न दिएको नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले सत्यकलमलाइ बताए । श्रमीकहरुले विना सुरक्षा काममा लगाएका कारण आफुहरु जोखिममा परेको गुनासो गरेका छन् ।

उद्योगमा कार्याररत एक मजदुरले भने,“भारत लगाएत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउँछन् , त्यसका चालकहरु संगै बस्छन् , खान्छन् । हामी जोखिममा छौं । ” उनले उद्योग व्यवस्थापनले मजदुरहरुको सुरक्षाका लागि वेवास्ता गरेको बताए ।

उद्योगले अहिले त्यहाा कायृरत मजदुरहरुलाइृ घर जान दिएको छैन । खाने बस्ने लगायतको प्रवन्ध उद्योग भित्रै गरिएको छ । तर श्रमीकहरुले भने खानाको उचित प्रवन्ध नभएको , सुत्नका लागि बनाईएको क्वारेण्टाईनमा क्षमता भन्दा तेव्वर मान्छे सुत्न परेको , सामाजिक दुरी कायम नभएको लगायतका ग्नासो गरेका छन् । श्रमिकहरुल आफुहरुको उचित प्रवन्ध गनृ नसके आफुहरुलाइृ घर जान दिन माग गरेका हुन् ।
बिहिबार साँझ स्थानीयहरुले समेत श्रमिकहरुलाइ उचित प्रवन्ध गरेर राख्न माग गर्दे प्रर्दशन गरेका थिए ।

चौधरी उद्योगका महाप्रवन्धक रामकाजी सिटौलाले आफुहरुले मापदण्ड अनुसारनै उद्योग संचालन गरेको बताए । उनले भने,“जिल्ला प्रशासन ,देबचुली नगरपालिका र स्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमती दिएपछि संचालन गरेका हौं । सरकारले अत्यावश्यक भित्र राखेको चाउचाउ उत्पादन गरेका छौं ।” उनले भने । सिटौलाले श्रमिकहरुका केहि समस्या भए त्यसलाई समाधान गर्न आफुहरु तयार रहेको बताए । उनले भने,“हामीले जोखम बढाउने काम किन गछौं र , हामी पनि यही भित्र छौं , यो सबैको लागि हो । त्यसकारण बाहिर कुरा आएजस्तो केहि छैन ।” उनले श्रमीकहरुको सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको बताए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले तोकेको मापदण्ड अनुसार उद्योग संचालन गर्न आफुहरुले भनेको बताए । उनले भने,“मापदण्ड पुरा गर्ने पर्छ ,श्रमिकको सुरक्षामा ध्यान दिन पर्छ ।” जिल्ला प्रशासन कार्यालयले मापदण्ड पुरा गरेर मात्र संचालन गर्न अनुमती दिएको भन्दै मापदण्ड पुरा नगरी उद्योग संचालन गर्न नपाईने घिमिरेले बताए । उनले भने,“स्थानीयतहले अनुगमन गर्दा मापदण्ड नपुगेको भनने कुरा आएको छ , यदी त्यसो हो भने उद्योग चलाउन मिल्दैन ।” उनले भने । घिमिरेले समस्या समाधानका लागि आफुहरु लागि परेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here