काठमाडौं, जेठ २–
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।