काठमाडौं, जेठ १–
बिहीबार थप तीन जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेहरुमा काठमाडौं, चन्द्रागिरि नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।
यसअघि बिहीबार दिउँसो नवलपरासी देवचुली नगरपालिका–१२ निवासी ४९ वर्षीय पुरुष, विहान काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: