जनकपुरधाम,वैशाख ३१ –
जनकपुरमा अर्का एक पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।
यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: