नारायणी अस्पतालबाट भागेका दुई संक्रमितमध्ये एकजना सम्पर्कमा आए

0
114

वीरगञ्ज, वैशाख ३१–

बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए।

भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए। पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताए।

‘एकजना सम्पर्कमा आउनुभयो भन्ने खबर आएलगत्तै हामी त्यस ठाउँतर्फ गइरहेका छौं,’ उनले भनिन्।

नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here