काठमाण्डौ,बैशाख ३०-
नेपालमा आज एकैदिन मात्र ५७ जनामा कोरोना भाइरसका संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। संक्रमित हुने उनिहरु सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्।
यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्।
हाल सम्म संक्रमित मध्य ३३ जना निको भई घर फर्किसकेका छन्।
प्रकाशित मिति: