भारतले नेपाली भुमी अतिक्रमण गरेको भन्दै पोखरामा युवाहरुको प्रदर्शन

0
253

पोखरा,वैशाख २९–

नेपाली भूमि भारतले अतिक्रमण गरेको बिरोधमा पोखरामा आज (सोमबार) प्रदर्शन भएको छ ।पोखरा -२५ हेमजास्थित मिलनचोकसम्म युवाहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी गरेका थिए । युवाहरुले भारत विरुद्ध आक्रोस व्यक्त गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलायका छन  ।उनीहरुले भारतीय बिस्तारवाद मुर्दावादको नारा लगाउदै पोखरा हेम्जाका मुख्य मुख्य चोकमा जुलुस समेत गरेका थिए ।युवा टोलिमा अमित तिमिल्सिना , पारस कार्की , अनिल थापा , सन्तोष तिमिल्सिना , जेम्स , केशव लगायत स्थानीय समाजसेवि र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।जुलुसमा आक्रोसित युवाहरुको समुहलाईइ प्रशासनले नियन्त्रणमा लिएको थियो ।युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सीमा जोगाउन नसकेको भन्दै उनीहरुले मुर्दाबादको नारा लगाएका हुन ।भारतले नेपालको लिपुलेकमा मानसरोबर जाने सडक निर्माण गरेर उद्घाटन गरि सकेको छ ।अहिले यहि विषयमा नेपालमा आन्दोलन चर्किदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here