नेपाली भूमि भारतले अतिक्रमण गरेको बिरोधमा चितवनमा युवाहरुको प्रदर्शन

0
156

चितवन, वैशाख २९–

नेपाली भूमि भारतले अतिक्रमण गरेको बिरोधमा चितवनमा आज (सोमबार) प्रदर्शन भएको छ । भरतपुर अस्पताल रोडदेखि चौविसकोठी चोकसम्म युवाहरु प्रदर्शन गरेका हुन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी गरेका थिए ।

युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सीमा जोगाउन नसकेको भन्दै उनीहरुले मुर्दाबादको नारा लगाएका थिए ।

भारतले नेपालको लिपुलेकमा मानसरोबर जाने सडक निर्माण गरेर उद्घाटन गरि सकेको छ ।अहिले यहि विषयमा नेपालमा आन्दोलन चर्किदै गएको छ । सरकारले समेत भारतले नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै बिरोध जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here