कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या १२० पुग्यो

0
196

काठमाडौ,बैशाख २९-

कपिलवस्तुमा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार बिहान जारी गरेको विज्ञप्तिमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि भएको हो।

यसरी संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन ।यसैगरी एक जनाको भने उमेर खुलेको छैन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका  अनुसार संक्रमितहरु कपिलवस्तुका यशोधरा गाँउपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० बाट रहेको जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here