काठमाडौं, वैशाख २७–
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन्।
नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा शनिबार उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २० जनालाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।
भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ।
यस अघि गत कार्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरा लगायत नेपालका भूमि आफ्नो भू-भाग भन्दै समेटेपछि विरोध भएको थियो।
प्रकाशित मिति: