काठमाडौं, वैशाख २७–
नेपाल सरकारलाई चीनले अनुदानमा दिएको कोरोना भाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री काठमाडौं आइपुगेको छ।
हिमालयन एयरलाइन्सका जहाजबाट ल्याइएका ती सामग्री पहिलो खेप हो।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी हुन्।
यद्यपि के कति सामान ल्याइएको हो यसबारे भने खुलाइएको छैन।यसअघि गत चैत १६ गते पनि चीन सरकारको सहयोगमा केही स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो।
सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन-९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मोमिटर १०० थान, इयर थर्मोमिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान,पोर्टेवल भेन्टिलेटर १ थान दिएको थियो। सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले १.१ टन मेडिकल सामग्री दिएको थियो।त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान,डिस्पोजल ग्लोब्स २ हजार थान दिएको थियो। यसले ०.२ टन मेडिकल सामग्री दिएको थियो।
यस्तै, सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको थियो।
होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको थियो।
यसैगरी, ज्याक मा फाउन्डेसनले अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले एक लाख बढी एन-९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका थिए।
प्रकाशित मिति: