शनिबार देखी फेरी चितवनमा कोरोना परीक्षण शुरु, आज परीक्षण गरिएका ४६ जनाकै रिपोर्ट नेगेटिभ

0
179

भरतपुर, वैशाख २७–

कोरोना परीक्षण किटको उपलब्धता सँगै चितवनमा आज (शनिबार) देखी कोरोना परीक्षण फेरी शुरु भएको छ । आज परीक्षण गरिएका ४६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार र शुक्रबार संकलन गरिएको ४६ जनाको स्वाब आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।कीट अभावका कारण एक सातादेखि प्रयोगशाला बन्द थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here