विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरको भुल्केकि थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।
आजै बिहान मात्र भुल्केकै तीनजना महिलामा कोरोना संक्रमण देखिएको थियो। उनीहरू सबैलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।
यो सँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।
यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।