आज फेरि थप ७ जनामा भेटियो कोरोना, संक्रमित संख्या १०९ पुग्यो

0
194

काठमाडौंँ,बैशाख २७ –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरुमा ३ महिला र ४ पुरुष रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ।

यसैगरी संक्रमित ४ पुरुषमध्ये ३ जना कपिलवस्तु र  एक जना पर्सा छपकैयाका हुन्।

कपिलवस्तुका संक्रमितमा १७ वर्षका एक र १८ वर्षका दुई युवक रहेका छन भने पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल-विराटनगरमा भएको परीक्षणमा  थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here