नेपालगन्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि ,संक्रमित संख्या १०२ पुग्यो

0
210

काठमाडौ,बैशाख २६ –

शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।याे सहित नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ छ भने २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ।

भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन्।

उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।

हालसम्म काेराेना संक्रमण भएका ३० जना निकाे भएका छन्। जसमध्ये तीन जनामा पुन: काेराेना पाेजेटिभ देखिएकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here