काठमाडौ,बैशाख २६ –
अभिनेत्री सुहाना थापाले आज आफ्नो २४ औँ जन्मदिन मनाउँदै छिन् । आफ्नै होम प्रोडक्शनको चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी सुहाना निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाकि छोरी हुन ।
सबैभन्दा कम उमेरमै नेपाली फिल्ममा चर्चामा रहेकी नायिका मध्ये उनी एक हुन् ।
कोरोना भाइरसको त्रास र सङ्क्रमणको सम्भावना बढेपछि सरकारले लागु गरेको लकडाउनमा कारण चलचित्रको छायाङ्कन रोकेर सुहाना यति बेला घरमै छन् ।
उनै सुहानाले आज जन्मदिन मनाईरहँदा उनी कति उमेरको भईन् भन्ने दर्शकलाई जिज्ञासा भएको देखिन्छ ।
कलाकारिताको क्षेत्रमा अरु कलाकारले जस्तै संघर्ष नगरेकी सुहानाको परिवारमा आमा र बुबा लगातार फिल्ममा सक्रिय रहँदै आएका कारण विस्तारै फिल्ममा मोडिएकी हुन् ।आफ्नो पढाईलाई निरन्तरता दिन प्लस टु पछि अमेरिका पुगेकी उनको चाहाना शुरुमा फिल्ममा आउने थिएन ।
डेब्यु फिल्मबाटै उदाएकी सुहाना यतिबेला होम प्रोडक्शनकै फिल्म ‘ए मेरो हजुर ४’ मा व्यस्त छिन् । लकडाउनको कारण हाल फिल्मको सुटिङ रोकिएको छ। उनै सुहानाले जन्मदिन मनाईरहँदा उनी कति उमेरको भईन् भन्ने दर्शकलाई जिज्ञासा भएको देखिन्छ ।
हुन त नेपाली फिल्ममा कलाकारले उमेर लुकाउनु कुनै नौलो कुरा होईन । विशेष गरि नेपाली फिल्मका नायिकाहरुले आफ्नो उमेर कम भन्दै आईरहेको देखिन्छ।
नायिका सुहानाले भने मिडियामा भन्ने आफु १९/२० बर्षको बताउने गरेकी छ्न। तर उनको वास्तविक उमेर भने २३ रहेको छ ।
चलचित्र क्षेत्रमा यसरी नै चम्कदै सफलतातर्फ अघि बढ्नु,सुहानालाई जन्मदिनको उपलक्ष्यमा शुभकामना ।
प्रकाशित मिति: