सिएमएस आइसोलेसनमा मृत्यु भएकी ६० वर्षीया महिलामा कोरोना नभएको पुष्टि, आफन्तले शव बुझे

0
207

चितवन,बैशाख २६-

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी ६० वर्षीया महिलामा कोरोना नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनमा कोरोना नभएको पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।यस्तै ती महिलासँगै अन्य २४ जनाको पनि कोरोना परीक्षण गरिएको छ र उनीहरु सबैको रिपोर्टमा कोरोना नभएको पुष्टि भएको पौडेलले जानकारी दिए ।

रुपन्देहीको देवदह नगरपालिका–१२, खैरनीकी उमादेवी विकको उपचारको क्रममा मंगलबार राति ९ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको थियो । उनी सोहि दिन दिउँसो करिब ३ बजेतिर अस्पताल भर्ना भएकी थिइन् । उनमा ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगाएतको स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको थियो ।

उनको मृत्यु भएसँगै कोरोना रिपोर्ट नआएसम्म शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको थियो ।रिपोर्ट नेगेटिभ आएपछि शव परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । कोरोना पुष्टि नभएपछि परिवारलेपनि शव बुझेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here