नायिकाद्वय स्वस्तिमा खड्का र केकी अधिकारी एकसाथ अमेरिकन चलचित्रमा अनुबन्धित

0
313

काठमाडौ ,बैशाख २६ –

नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा अभिनय गर्ने भएकी छिन्। एक अमेरिकन समूहले अङ्ग्रेजी भाषामा निर्माण गर्ने फिल्ममा उनी अनुबन्ध भएको बताइएको छ। उनी अडिशन मार्फत चलचित्रको मुख्य पात्रमा चयन भएकी बताइएको छ।

उनले अभिनय गर्ने उक्त चलचित्रमा अन्य कलाकार हलिउडकै हुने भएता पनि नेपालबाट अर्की नायिका केकी अधिकारीको पनि अभिनय रहने भएको छ। उनलाई पनि अडिसन मार्फत नै छनोट गरिएको हो। स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरूले पनि अडिसन दिएका थिए।

नेपाली कथानक चलचित्र होस्टेल रिटर्न्स बाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो करियर शुरु गरेकी स्वस्तिमाले हालसम्म अभिनय गरेको चलचित्रहरू दर्शकले रुचाइरहेका छन्। पछिल्लो समयको उनको चलचित्र बुलबुल पनि दर्शकले निकै रुचाएका थिए। उनले चलचित्र बुलबुल बाटै राष्ट्रिय अवार्ड समेत हात पारेकी थिइन्।

नेपाली कथानक चलचित्र पदार्पण स्वरबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी केकी अधिकारीले पनि धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनले आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्सप्रेस र छ माया छपक्कैमा अभिनय गरिसकेकी छिन्। उनको छ माया छपक्कै लाई धेरै दर्शकहरूले रुचाएका थिए।

चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन। चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा नै हुने बताइएको छ। कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायाङ्कन सुरु हुने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here