त्रिविद्वारा देशभरका शिक्षक,बिद्यार्थी र कर्मचारीको लागी `नेट आईडि´को व्यवस्था

0
165

काठमाडौ,बैशाख २५ –

त्रिभुवन विश्वविद्यालयले शिक्षक, विद्यार्थी र कर्मचारीहरूका लागि लाई `नेट आईडी´ को व्यवस्था गरेको छ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपालभर ६२ वटा क्याम्पस छन् ।

केन्द्रिय विभाग किर्तिपुर र नेपालभर रहेका क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीलाई टियु डट इडियु डट एनपि (tu.edu.np)जोडिएको इमेल आईडी दिन शुरु गरिएको हो ।

अगाडी विद्यार्थीको कोड टियु इडियु एन पि जोडिएर आउने छ । त्रि.वि.ले दिएको नेट आईडीको पासवर्ड परिवर्तन गरेर विद्यार्थीले प्रयोग गर्नुपर्ने हुन्छ । यसले त्रि.वि.का विद्यार्थी, शिक्षक, कर्मचारीलाई एकिकृत गर्नेछ।

यो इमेल आईडीबाट नेपालभर रहेका विद्यार्थीले केन्द्रिय विभागमा रहेको अनलाईन पुस्तकालयमा पहुँच पाउने छन् । विद्यार्थीले अनलाईन पुस्तकालयमा रहेको पुस्तक तथा जर्नल सजिलै पढ्न सक्नेछन् ।

केन्द्रिय विश्वविद्यालयले नेपालभरका क्याम्पसहरुका शिक्षक, विद्यार्थी र कर्मचारीको विवरण माग गर्दै फाराम पठाएको रजिष्टार पेशल दाहालले जानकारी दिए । काम शुरु भईसकेको र केही शिक्षक, विद्यार्थी र कर्मचारीलाई नेट आईडी दिन थालिसकिएको रजिष्टार दाहालले जानकारी दिए ।

‘अहिले त्रि.विको विद्यार्थीहरुसँग म त्रि.विको विद्यार्थी हुँ भन्नलाई केही प्रमाण छैन । नेट आईडी आधिकारीक प्रमाण हो’ मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङले भने ।

त्यत्ति मात्रै नभएर अन्र्तराष्ट्रिय अनलाईन पुस्तकालय, जर्नल पढ्न पहुँच दिने उनले जानकारी गराए । कतिपय पुस्तक, जर्नल पढ्न खोज्दा इमेल आईडी माग्छ । इमेल आइडी राख्दा विश्वविद्यालयसँग आवद्घ नभएको इमेल आईडी लिँदैन । अब त्रि.विले दिएको नेट आइडीबाट त्यसमा पहुँच पुग्छ । त्यसैले यो अत्यन्तै राम्रो कामको सुरुवात भएको छ । ’यसरी आधिकारीक रुपमा नेट आईडी प्रणाली लागुभएपछि विद्यार्थीले आफ्नो शैक्षिक कागजपत्र हेर्न पाउनेछन् ।

त्रि.विले जारी गरेको आचार सहिंता सहितको अनलाईन कक्षा निर्देशिकाले अनिवार्य सहभागी हुनुपर्ने भनेको थियो ।

उक्त निर्देशिका जारी भएपछि इन्टरनेट तथा प्रविधिको पहुँचमा नभएका विद्यार्थीहरुले आपत्ति जनाउँदै आईरहेका थिए । बन्दाबन्दी समय अवधिभर विद्यार्थीलाई इन्टरनेटमा छुट दिन नेपाल टेलिकम र एनसेललाई त्रि.वि.ले आग्रह गरेको थियो ।

तर, विद्यार्थीको पहिचान गर्न मुश्किल भएको प्रतिकृया दिएपछि त्रि.वि.ले नेट आईडी वितरण गर्ने निर्णय गरेको रजिष्टार दाहालले बताए । उनले भने ‘त्रि.विले दिएको नेट आईडी मार्फत विद्यार्थीको पहिचान गर्न सहज हुने भएकोले यसलाई अझ तीव्र बनाएका छौं ।’

नेट आईडी भएपछि अनलाईन कक्षाको लागि पनि हरेक शिक्षकलाई लाईसेन्स दिन सकिने उनले बताए । अहिले त्रि.विले १ सय ७५ वटा लाईसेन्स अनलाईन कक्षाको लागि वितरण गरेको छ ।

नेट आईडीको लागि माईक्रो सफ्ट कम्पनीसँग सहकार्य भईरहेको छ । केन्द्रिय विश्वविद्यालय किर्तिपुरले मागे अनुरुप देशभरबाट शिक्षक, विद्यार्थी, कर्मचारीको विवरण आउने भए अबको दुई दिनभित्र नेट आइडी तयार हुने रजिष्टार दाहालले बताए ।

अहिले पहिलो चरणमा नेपालभरका त्रि.वि अन्तर्गतका विद्यार्थी, शिक्षक र कर्मचारीको नेट आईडी केन्द्रिय विभाग किर्तिपुरले तयार गर्नेछ । सिस्टम बसिसकेपछि दोस्रो चरणमा सम्बिन्धित कर्मचारीलाई तालिम दिएर सम्बिन्धित क्याम्पसले दिनसक्ने गरी प्रकृया थाल्ने रजिष्टार दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here